गण्डकीका पूर्व मुख्यमन्त्रीले गाडी नबुझाएपछि एक्सनमा अखिल
पाेखरा | जेठ २६, २०८०
पोखरा: गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको भन्दै अनेरास्ववियुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको हो ।
गण्डकीका पूर्व मुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको भन्दै सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग गर्न नहुने भन्दै एक हप्ताभित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधन फिर्ता लिन अनेरास्ववियुले माग गरेको गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले बताए ।
‘यसै सन्दर्भमा संघियता भनेको लुटको थलो हो भन्ने भ्रम जवर्जस्त स्थापित गर्न खोजीरहेको बेला गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूले हालसम्म पनि सरकारी सवारी साधन फिर्ता नगर्नुले यसलाई थप पुष्टि गरेको छ । अनेरास्ववियु सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग भएको हेरेर बस्न सक्दैन । गण्डकी प्रदेश सरकारलाई एक हप्ता भित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधनको फिर्ता ल्याउन जोडदार माग गर्दछौ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पूर्व मुख्यमन्त्री पोखरेलले पद मुक्त भएको ५ महिना वितिसक्दा पनि सरकारी सवारी फिर्ता गरेका छैनन् ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

